तीजको अवसरमा सानिमा बैंकमा नारी बचत खाता खोल्ने ग्राहकलाई छुटै छुट

<p>काठमाडाैं । सानिमा बैंकले तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुले डेबिट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क पाउनेछन् । यस्तै, ग्राहकले लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्नुकाे साथै पहिलो इवाेएस [&hellip;]</p>

काठमाडाैं । सानिमा बैंकले तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुले डेबिट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क पाउनेछन् ।

यस्तै, ग्राहकले लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्नुकाे साथै पहिलो इवाेएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना भदाै १ गतेदेखि १५ गतेसम्म र क्यासब्याक योजना भदाै मसान्तसम्म लागू हुने बैंकले जनाएकाे छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Share News