मेगा बैंकको नाफा झण्डै ३ अर्ब पुग्यो

<p>काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २१.७८ प्रतिशत बढेर २ अर्ब ८३ करोड १८ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २.०४ प्रतिशत बढेर ५ अर्ब ९१ करोड १३ लाख [&hellip;]</p>

काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २१.७८ प्रतिशत बढेर २ अर्ब ८३ करोड १८ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २.०४ प्रतिशत बढेर ५ अर्ब ९१ करोड १३ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको सञ्चालन नाफा २५.८३ प्रतिशत बढेर ४ अर्ब १३ करोड ७९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ६३ करोड ६० लाख ४१ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ, जगेडा कोष २१.२५ प्रतिशत बढेर ६ अर्ब ८५ करोड ३९ लाख ५ हजार रुपैयाँ, निक्षेप १२ प्रतिशत बढेर १ खर्ब ५३ अर्ब ४८ करोड २२ लाख ७७ हजार रुपैयाँ र कर्जा ७.५९ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ७८ करोड १३ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १.७० रुपैयाँ बढेर १७.५७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४२.५२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.८७ गुणा रहेको छ ।

Share News