काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १०.२९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९६ करोड १२ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत वर्ष बढाएको हो । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब २६ करोड ६० लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।
गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ७.२३ प्रतिशत बढेर ६ अर्ब ८८ करोड ४७ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ४२ करोड ४ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेर १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ, जगेडा कोष ८.५४ प्रतिशत बढेर १७ अर्ब ८१ करोड ६७ लाख १९ हजार रुपैयाँ, निक्षेप २०.४२ प्रतिशत बढेर १ खर्ब ९६ अर्ब ६ करोड ३९ लाख ५२ हजार रुपैयाँ र कर्जा २६.८६ प्रतिशत बढेर १ खर्ब ७१ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी १.१३ प्रतिशत बढेर ८ अर्ब २८ करोड १५ लाख ७८ हजार रुपैयाँ, सञ्चालन नाफा ५.४४ प्रतिशत घटेर ४ अर्ब ११ करोड १० लाख ११ हजार रुपैयाँ, नेट फि एण्ड कमिसन आम्दानी ८८ करोड २५ लाख ७४ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ५४ करोड ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २२.६७ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेय नेटवर्थ २४८.४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३.१४ गुणा रहेको छ ।