काठमाडौं । मुक्तिनाथ विकास बैंकको निक्षेप संकलन १ खर्ब भन्दा बढी पुगेको छ । विकास बैंकहरुमा १ खर्ब भन्दाबढि निक्षेप पुर्याउने मुक्तिना विकास पहिलो बैंक हो । गत वर्ष असार मसान्तसम्ममा बैंकको निक्षेप संकलन १ खर्ब ४ अर्ब ६५ करोड ५३ लाख ७० हजार रुपैयाँ पुगेको हो । जुन अघिल्लो वर्षको तुलनामा २०.४३ प्रतिशत बढी हो । यसअघि अघिल्लो वर्ष बैंकको निक्षेप ८६ अर्ब ९० करोड २९ लाख १४ हजार रुपैयाँ थियो ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १८.४७ प्रतिशत खुद नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष बढेर बैंकले १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि १८ पैसा बढेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २२ पैसा पुगेको छ । अघिल्लो वर्ष २४.०३ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १८.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।
यस्तै, गत वर्ष बैंकको खुद ब्याज आम्दानी पनि २१.०८ प्रतिशत बढेर ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड ८६ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्ष असार मसान्तसम्म वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष ८६ करोड ५ लाख ३२ हजार रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८१ प्रतिशत घटेको हो ।
बैंकको खुद फि तथा कमिसन आम्दानी २२.२२ प्रतिशत घटेर ४४ करोड ५६ लाख ५६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २.२२ प्रतिशत बढेर ३ अर्ब ८७ करोड ४१ लाख ८२ हजार रुपैयाँ र सञ्चालन मुनाफा १९.५० प्रतिशत बढेर ३ अर्ब ७९ करोड ३१ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेर ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ, जगेडा कोष २१.०१ प्रतिशत बढेर २ अर्ब ४४ करोड ४३ लाख ३८ हजार रुपैयाँ र कर्जा १९.१८ प्रतिशत बढेर ८६ अर्ब ९० करोड १९ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।