काठमाडौं । एनएमबि बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशत नाफा बढेको हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ७१ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५५ पैसा बढेको छ । अघिल्लो वर्ष १६.६१ रुपैयाँ रहेकोमा गत वर्ष २०.१५ रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।
अघिल्लो वर्ष ५ अर्ब ६६ करोड ६ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंले गत वर्ष १५.७५ प्रतिशत बढेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ५५ करोड २२ लाख ५१ हजार रुपैयाँ गरेको थियो ।
गत वर्ष बैंकको सञ्चालन मुनाफा ३६.४३ प्रतिशत बढेर ५ अर्ब २१ करोड २९ लाख ४२ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३८.०३ प्रतिशत बढेर १ अर्ब ४३ करोड ४९ लाख ६३ हजार रुपैयाँ र कुल सञ्चालन आम्दानी १७.३८ प्रतिशत बढेर ८ अर्ब ७० करोड ५० लाख १ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष बैंकको २ अर्ब ३३ करोड ४७ लाख ९३ हजार रुपैया वितरणयोग्य नाफा रहेकोमा गत वर्ष ३.५५ प्रतिशत बढाएको छ । गत वर्ष बैंकको यस्तो नाफा २ अर्ब ३९ करोड २४ लाख १० हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेर १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ, जगेडा कोष १६.०६ प्रतिशत बढेर ८ अर्ब ८४ करोड ९ लाख ७५ हजार रुपैयाँ, निक्षेप १२.३७ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब ८२ करोड ९० लाख ४८ हजार रुपैयाँ र कर्जा १६.४१ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब ७८ करोड ८० लाख ५७ हजार रुपैयाँ पुगेको छ ।