सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने

<p>काठमाडौं ।  सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ । ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर गर्न सक्नेछन् । बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै नै उपलब्ध गराउनेछ । बैंकको मोबाइल बैंकिङ्ग एपबाट नमस्ते पे, इसेवा, [&hellip;]</p>

काठमाडौं ।  सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ ।

ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर गर्न सक्नेछन् । बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै नै उपलब्ध गराउनेछ ।

बैंकको मोबाइल बैंकिङ्ग एपबाट नमस्ते पे, इसेवा, खल्ती वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ । सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

Share News