सिटिजन्स बैंकका ग्राहकलाई बुटवलस्थित तिनाउ हस्पिटलमा २० प्रतिशत छुट

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटल&#x200d;बीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकले तिनाउ हस्पिटलका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउने छन । यसका साथै हस्पिटलबाट फिजियकोथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था पनि गरिएको [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटल‍बीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकले तिनाउ हस्पिटलका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउने छन । यसका साथै हस्पिटलबाट फिजियकोथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था पनि गरिएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Share News