काठमाडौं । सिभिल बैंकले इलाम जिल्लाको फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । इलामकी उपप्रमुख चित्रकला बराइलीले उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन गरिन् ।
योसँगै फिक्कल क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन ।
सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै, बैंकको हालसम्म ९९ एटिएम रहेका छन् ।
बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।