बाउन्स चेक काट्ने चन्द्रागिरीका श्याम बहादुर पक्राउ, १५ लाख जरिवाना तिर्नुपर्ने

<p>काठमाडौं । बाउन्स चेक काट्ने चन्द्रागिरीका श्याम बहादुर थापा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले थापालाई बुधबार चन्द्रागिरीबाट पक्राउ गरेको हो । ४८ वर्षिय थापाले निजलाई पैसा नभएको सानिमा बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको असार ३ गते फैसला गर्दै थापालाई बैकिङ [&hellip;]</p>

काठमाडौं । बाउन्स चेक काट्ने चन्द्रागिरीका श्याम बहादुर थापा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले थापालाई बुधबार चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

४८ वर्षिय थापाले निजलाई पैसा नभएको सानिमा बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो ।

उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको असार ३ गते फैसला गर्दै थापालाई बैकिङ कसुर अन्तरगत १५ लाख १९ हजार ७५० रुपैयाँ जरिवानासहित ५ दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।

Share News