नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार, वितरणयोग्य नाफा २ अर्ब रुपैयाँ भन्दा माथि

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १४.८३ प्रतिशत बढेर ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १४.८३ प्रतिशत बढेर ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.३६ प्रतिशत बढेर ५ अर्ब ९४ करोड ९० लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद  ब्याज आम्दानी गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ३१.४१ प्रतिशत बढेर ६ अर्ब ७२ करोड ७६ लाख १ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेर ८ अर्ब २५ करोड ५ लाख ६ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १३.३० प्रतिशत बढेर १ अर्ब २६ करोड ५१ लख ७० हजार रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.६१ प्रतिशत बढेर १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ, जगेडा कोष ३.८३ प्रतिशत बढेर १४ अर्ब ६७ करोड ८० लाख ११ हजार रुपैयाँ, निक्षेप ५.८७ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब ७७ करोड ८७ लाख २४ हजार रुपैयाँ र कर्जा ०.४१ प्रतिशत बढेर १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २२.३२ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ११.८७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७.२१ रुपैयाँ रहेको छ ।

Share News