काठमाडाैं । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारमा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा सुरु गरेको लक्ष्मी ग्रुपले आफ्नो ४८ औं स्थापना दिवस मनाएको छ ।
सोमबारका दिन एलिस रिसेप्सनमा भएको ४८ औं कर्पोरेट एण्ड थ्याङक्सगिभिङ डे मा लक्ष्मी ग्रुपमा ५ देखि ४० वर्ष बिताएका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले गरेका थिए ।
यस्तै कम्पनीले उक्त अवसरमा रक्तदान कार्यक्रम पनि संचालन गरेकाे थियाे जसमा ६५ जनाले रक्तदन गरेका थिए ।
यसैगरी लक्ष्मी ग्रुपले व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रकाली मन्दिर सरसफाई, मानव सेवा आश्रममा खाद्दाना सामग्री,टोपी र मस्क वितरण, चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल, गोठाटारमा र पवित्र समाज सेवामा मिठाई, गिफ्ट, मास्क र स्टेसनरी समान वितरण गरेको थियो। यसैगरी सेरेब्रल प्लसी नेपालमा मिठाई, स्टेसनरी, डाईपर, मस्क, स्यनिटाइजर गरि ४२ वटा सामाग्रीहरु वितरण गरेको थियो।
साे उपलक्ष्यमा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकले “लक्ष्मी एकेडेमी” को पनि उद्घाटन गरेका थिए ।
लक्ष्मी ग्रुपले ४८ वर्ष पुरा गरिरहँदा कन्फेक्टियनरी, डेरी प्रडक्टस, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, स्टिल्स अनि अन्य थुप्रै छेत्रमा लगानी गरिरहेको छ र भविष्यमा अन्य थुप्रै छेत्रमा लगानी गर्ने तयारीमा रहेको जनाएकाे छ ।