एनआईबिएल म्युचुअल फण्ड खुलामुखी योजनाका भाग्यशाली लगानीकर्ता सार्वजनिक

<p>काठमाडाै् । एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड खुलामुखी योजनाका भाग्यशाली लगानीकर्ता गोलाप्रथाद्वारा छानेकाे छ । कम्पनीले शुक्रबार बिहान ११ बजे गोलाप्रथा गरीफत फेसबुक लाइभ मार्फत याेजनाका भाग्यशाली लगानीकर्ता छानेकाे हाे । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा खुलामुखी योजनाको [&hellip;]</p>

काठमाडाै् । एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड खुलामुखी योजनाका भाग्यशाली लगानीकर्ता गोलाप्रथाद्वारा छानेकाे छ ।

कम्पनीले शुक्रबार बिहान ११ बजे गोलाप्रथा गरीफत फेसबुक लाइभ मार्फत याेजनाका भाग्यशाली लगानीकर्ता छानेकाे हाे ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा खुलामुखी योजनाको परिचय दिन सफल भएको छ ।

फण्डको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा योजना व्यवस्थापकले लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्म बृद्धि गराउने योजाना गत असार २० गतेदेखि असार २४ गतेसम्मका लागि ल्याएको थियो ।

योजनाका विजेताहरुको नाम एनआईबिएल एस क्यापिटलको वेबसाईट तथा सामाजिक संजालमा पनि प्रकाशित गर्ने कम्पनीले दिएको छ ।

 

Share News