आजदेखि मैलुङ खोला जलविद्युतकाे आईपीओ खुला, साउन १८ गतेसम्म भर्न पाइने

<p>काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण सेयर निष्काशन गरेको छ । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता [&hellip;]</p>

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण सेयर निष्काशन गरेको छ । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

सर्वसाधारणले आज९ साउन १४ गते०देखि साउन १८ गतेसम्म आईपीओ भर्न सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरको लागि आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Share News