काठमाडाैं । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरि कम्पनी लस्कर फुड्सबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
याे सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्स मार्फत भुक्तानी गर्न सक्नेछन् । यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पे मार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ ।
कम्पनीकाे अनुसार प्रभु पे बाट भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्र मार्फत लस्कर फुड्सले फुड भौचर दिनेछ । त्यससँगै प्रभु पे वालेटबाट लस्कर फुड्सलाई हप्ताको ३ पटक कारोबार गर्ने ग्राहकले लक्की ड्र मार्फत आकर्षक मोबाइल फोन जित्न सक्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए ।
लस्कर फुड्सले २ मा १ योजना समेत अघि सारेको छ जसमा लस्कर फुड्सका प्रयोगकर्ताहरुले मःमः, बर्गर र विरियानी २ वटा मगाउँदा १ फ्रि प्राप्त गर्न सक्दछन् ।
प्रभु टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विक्की शाहीले लस्कर फुड्ससँग सहकार्य गर्दा खुशी लागेको बताए । उनले प्रभु टेक्नोलोजी अन्तर्गतका विभिन्न सेवासुविधाहरु (प्रभु टिभी, प्रभु इन्टरनेट, मोमो टिभी) मा लस्कर फुड्सका प्रयोगकर्ताहरुलाई आकर्षक छुट प्रदान गरिने सम्झाैता भएकाे जानकारी दिए
लस्कर फुड्सको काठमाण्डौको विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रको आधार मापन गरि सञ्चालन भइरहेको छ ।
हाललाई लस्कर फुड्सले खाना, खाजाको डेलिभरी चार्ज नलिने बताएको छ । ठमेल पकनाजोल स्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप) बाट आफूलाई मनपर्ने खाना खाजा मगाउन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् । कार्यालयको सम्पर्क नम्बर ०१–४७००५५३/५४, ९८०१३०६९२६ रहेको छ ।