अन्तर जिल्ला कर्जा प्रवाह नगर्न परिपत्र हुँदा किसानले पाएनन् कर्जा

<p>साेलुखुम्बु । धितो रोक्का गरेको तीन महिना वितिसक्दासमेत कर्जा प्राप्त गर्न नसकेकामा सेवा ग्राहीले गुनासो गरेका छन् । सोलुदूधकुण्ड नगरपालिका–५का सैलुन व्यवसायी अशोककुमार ठाकुर हजामले कृषि विकास बैंक लिमिटेड शाखा कार्यालयबाट कर्जा लिन गत वैशाख १२ गते धितोबापतको जग्गा रोक्का राखेका थिए । उनले आजसम्म कर्जा प्राप्त गर्न नसकेको गुनासो गरे । उनले भगवतीपुर–६ सिरहा [&hellip;]</p>

साेलुखुम्बु । धितो रोक्का गरेको तीन महिना वितिसक्दासमेत कर्जा प्राप्त गर्न नसकेकामा सेवा ग्राहीले गुनासो गरेका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–५का सैलुन व्यवसायी अशोककुमार ठाकुर हजामले कृषि विकास बैंक लिमिटेड शाखा कार्यालयबाट कर्जा लिन गत वैशाख १२ गते धितोबापतको जग्गा रोक्का राखेका थिए । उनले आजसम्म कर्जा प्राप्त गर्न नसकेको गुनासो गरे ।

उनले भगवतीपुर–६ सिरहा निवासी सीतादेवी हजमनीको नाउँमा रहेको जग्गा धितो राखी १८ लाख ३० हजार ६०० कर्जाका लागि माग गरेकाे बताए । अन्तर जिल्ला कर्जा प्रवाह नगर्न परिपत्र भएकाले समस्या भएको बैंकका शाखा प्रबन्धक घनश्याम श्रेष्ठले जानकारी दिए ।

Share News