पैसा नभएका चेक काटेर दिने पवित्रा श्रेष्ठ पक्राउ, १४ लाख जरिवाना तिर्नुपर्ने

<p>काठमाडौं । पैसा नभएको बैंकको चेक काटेर दिने पेप्सीकोलाली पवित्रा श्रेष्ठ पक्राउ परेकी छिन् । उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले साउन ४ गते पेप्सीकोलाबाट पक्राउ गरेको हो । ४४ वर्ष श्रेष्ठले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७७/१२/१ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस [&hellip;]</p>

काठमाडौं । पैसा नभएको बैंकको चेक काटेर दिने पेप्सीकोलाली पवित्रा श्रेष्ठ पक्राउ परेकी छिन् । उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले साउन ४ गते पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

४४ वर्ष श्रेष्ठले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७७/१२/१ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् ।

उनलाई अदालतले १४ लाख जरिवाना र ३ दिनको जेल सजाए सुनाएको थियाे ।

Share News