जीवन विकासको आईपीओ बाँडफाँडः भाग्यमानी ५ जनाले पाए ११ कित्ता सेयर

<p>काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेकोे आईपीओको बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज(असार २३ गते) बिहान उक्त आईपीओको बाँडफाँड सम्पन्न गरेको हो । यससँगै आवेदन दिनेमध्ये भाग्यमानी ५ जनाले संस्थाको अधिकतम अर्थात ११ कित्ता सेयर पाएका छन् । क्यापिटलको अन्तिम तथ्यांक अनुसार आईपीओमा कुल २० लाख ८७ [&hellip;]</p>

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेकोे आईपीओको बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज(असार २३ गते) बिहान उक्त आईपीओको बाँडफाँड सम्पन्न गरेको हो ।

यससँगै आवेदन दिनेमध्ये भाग्यमानी ५ जनाले संस्थाको अधिकतम अर्थात ११ कित्ता सेयर पाएका छन् । क्यापिटलको अन्तिम तथ्यांक अनुसार आईपीओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाले आवेदन दिएका थिए । जसमध्ये २० लाख १८ हजार ३ सय ८ जना आवेदकले रितपूर्वक आवेदन दिएका थिए भने ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ ।

रितपूर्वक आवेदन दिनेमध्ये १ लाख ८४ हजार ८०१ जनालाई गोलाप्रथाबाट १० कित्ताको दरले लघुवित्तको सेयर बाँडफाँड गरिएको छ । र सोमध्ये १० कित्ताभन्दा बढी आवेदन दिने ५ जना आवेदकलाई थप एक/एक कित्ता गरी कूल ११ कित्ता सेयर बाँडफाँड गरिएको हो ।

क्यापिटलले धितोपत्र बोर्डको सेयर बाँडफाँड निर्देशिका अनुसार ग्रोलाप्रथाबाट पहिलो चरणमा कूल १८ लाख ४८ हजार १५ कित्ता सेयर बाँडफाँड गरेको हो । र, बाँकी रहेको ५ कित्ता सेयर थप ५ जनालाई बाँडफाँड गरेको क्यापिटलले जनाएको छ ।

संस्थाको ३ करोड १२ लाख ६६ हजार २६० कित्ता सेयर माग गरेका थिए । जुन सर्वसाधारणलाई छुट्याएको तुलनामा १६.९२ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा १८ लाख ४८ हजार १५ कित्ता सेयर छुट्याएको थियो ।

लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो ।

Share News