चेक बाउन्स गर्ने कुपण्डाेलका जबरा पक्राउ, ४५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने

<p>काठमाडाैं । बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी शिशिर शमशेर जबरा बिजुलीबजारमा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका छन् । कुपण्डाेलका ५० वर्षीय जबरा ६ महिनापछि  लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् । उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको फैसलाले उक्त मुद्दामा १० दिन कैद र ४५ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही [&hellip;]</p>

काठमाडाैं । बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी शिशिर शमशेर जबरा बिजुलीबजारमा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका छन् । कुपण्डाेलका ५० वर्षीय जबरा ६ महिनापछि  लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको फैसलाले उक्त मुद्दामा १० दिन कैद र ४५ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही महत फरार हुँदै आएका थिए ।

जबराले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी चेक काटी पीडित समिररत्न बज्रचार्यलाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

Share News