हालसम्म १० लाखले भरे मनकामना स्मार्टको आईपीओ

<p>काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा करिब १० लाखले आवेदन दिइसकेका छन् । आज (असार १८ गते) दोश्रो दिन बिहान साढे १० बजेसम्म ९ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार उनीहरुले १ करोड ३३ लाख ४७ हजार २२० [&hellip;]</p>

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा करिब १० लाखले आवेदन दिइसकेका छन् । आज (असार १८ गते) दोश्रो दिन बिहान साढे १० बजेसम्म ९ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार उनीहरुले १ करोड ३३ लाख ४७ हजार २२० कित्ता सेयर माग गरेका हुन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ३९.६७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे ।

यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार १७ गतेदेखि २१ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Share News