इसेवा र रिया मनी ट्रान्स्फरबीच सम्झौता, १६० देशबाट सजिलै पैसा पठाउन सकिने

<p>काठमाडाैं । विश्वकै अग्रणी रेमिट्यान्स् सेवा प्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजारभन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन् । यसले ‘डिजिटल [&hellip;]</p>

काठमाडाैं । विश्वकै अग्रणी रेमिट्यान्स् सेवा प्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजारभन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तिव्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्स्को क्षेत्रमा ठुलो सहयोग पुग्ने इसेवाले जनाएकाे छ ।

रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढि ग्राहकसम्म पहुँच हुनेछ ।

 

 

 

 

 

Share News