नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने

<p>काठमाडाैं । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने भएकाे छ । कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लागि असार मसान्तसम्म निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हाे । कम्पनीले अनलाइन मार्फत याे सेवा स‌चालन गरिरहेकाे छ । यस सेवा लिनकाे लागि ग्राहकले कम्पनीकाे वेबसाईट मा गई अनलाई डिम्याट भित्र http://onlinedemat.nabilinvest.com.np मा क्लिक गरी [&hellip;]</p>

काठमाडाैं । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने भएकाे छ । कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लागि असार मसान्तसम्म निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हाे ।

कम्पनीले अनलाइन मार्फत याे सेवा स‌चालन गरिरहेकाे छ । यस सेवा लिनकाे लागि ग्राहकले कम्पनीकाे वेबसाईट मा गई अनलाई डिम्याट भित्र http://onlinedemat.nabilinvest.com.np मा क्लिक गरी खाता खोल्न सक्नेछन् ।

ग्राहकको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ ।

कम्पनीकाे अनुसार यसरी आफुले अनलाईनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराईनेछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाईनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुने कम्पनीले जनाएकाे छ ।

Share News