एनएमबीएले भन्यो- क्षमता अनुसार ऋणीलाई सहुलियत दिनुस्, सकेसम्म अनलाइनबाटै किस्ता उठाउनुस्

<p>काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)ले ग्राहकहरुलाई सक्दो सेवा सुविधा दिन सञ्चालित लघुवित्त संस्थाहरुलाई आग्रह गरेको छ । बैशाख २८ गते बसेको संघको कार्यसमितिको बैठकले हालको समयमा ग्राहक सदस्यलाई सक्दो सेवा दिनुपर्ने देखिएकोले संक्रमण जोखिमलाई न्यूनीकरण गर्दै आफ्नो कार्यक्रम सञ्चालन गर्न लघुवित्त संस्थालाई आग्रह गरेको हो । कोरोना संक्रमणको क्रम बढ्दै गएको अवस्थामा संक्रमितको [&hellip;]</p>

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)ले ग्राहकहरुलाई सक्दो सेवा सुविधा दिन सञ्चालित लघुवित्त संस्थाहरुलाई आग्रह गरेको छ । बैशाख २८ गते बसेको संघको कार्यसमितिको बैठकले हालको समयमा ग्राहक सदस्यलाई सक्दो सेवा दिनुपर्ने देखिएकोले संक्रमण जोखिमलाई न्यूनीकरण गर्दै आफ्नो कार्यक्रम सञ्चालन गर्न लघुवित्त संस्थालाई आग्रह गरेको हो ।

कोरोना संक्रमणको क्रम बढ्दै गएको अवस्थामा संक्रमितको उपचारका लागि अक्सिजन, भेन्टिलेटर, आईसीयू बेढ जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुने स्थिति सृजना हुने देखिएको छ । यहि सन्दर्भमा लघुवित्त संस्थाहरुले विभिन्न ५ बुँदे व्यवस्था अपनाई ग्राहकलाई सेवा सुविधा दिन संघले निर्देशन दिएको छ ।

यस्ता छन् संघले दिएको ५ बुँदे व्यवस्था

विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत नेपाल राष्ट्र बैंकको निर्देशनानुसार कर्मचारी तथा ग्राहक सदस्यको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सतर्कता एवं मापदण्डको पूर्णरुपमा पालना गर्ने गरी उच्च सतर्कताका साथ आवश्यक सेवा प्रवाह गर्दा उपयुक्त हुने छ ।

सम्बन्धित जिल्ला तथा स्थानीय निकायले बन्दाबन्दी/निषेधाज्ञा घोषणा गरेका कुनै पनि स्थानमा केन्द्र बैठक, सदस्य भेटघाट जस्ता भिडभाड हुने तथा संक्रमणको जोखिम हुनेगरी गतिविधि नगर्दा उपयुक्त हुने छ ।

ग्राहक सदस्यलाई चाहिएको आवश्यक सेवा आफु र ग्राहक सदस्यलाई पूर्णरुपमा सुरक्षित गर्ने गरी प्रदान गर्न तथा सम्भव भएसम्म विद्युतीय माध्यमबाट बचत एवं किस्ता असुली गर्ने व्यवस्था गर्दा उपयुक्त हुने छ ।

हालको जटिल संक्रमणकालिन अवस्थामा संस्थागत क्षमता अनुरुप ऋणी ग्राहक सदस्यलाई व्याजमा सहुलियत प्रदान गरी सुमधुर व्यवसायिक सम्बन्ध कायम गर्दा उपयुक्त हुने छ ।

कोभिड १९ को दोश्रो चरणको जटिल अवस्थाका कारण अत्यन्त पिडित संस्थाका सदस्य लगायत निजका परिवार, सर्वसाधारणका घरपरिवार लगायत संक्रमितको उपचारमा संलग्न स्वास्थ्य संस्थाहरु तथा अन्य सम्बन्धित निकायहरुलाई सघाउन ग्राहक संरक्षण कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष लगायतको परिचालनमा प्राथमिकता दिँदा उपयुक्त हुने संघकाे भनाई छ ।

Share News