नाडेप लघुवित्तले रद्द गर्यो आगामी वार्षिक साधारणसभा

<p>काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आगामी वार्षिक साधारणसभा रद्द गरेको छ । संस्थाले विशेष कारणवस आगामी जेठ ७ गते गर्न लागेको सभा अर्को सूचना प्रकाशित नभएसम्मको लागि रद्द गरेको हो । संस्थाले बैशाख २३ गते एक सूचना जारी गरी उक्त सभा रद्द भएको जानकारी गराएको हो । यसअघि बैशाख १७ गते बसेको कम्पनी सञ्चालक [&hellip;]</p>

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आगामी वार्षिक साधारणसभा रद्द गरेको छ । संस्थाले विशेष कारणवस आगामी जेठ ७ गते गर्न लागेको सभा अर्को सूचना प्रकाशित नभएसम्मको लागि रद्द गरेको हो ।

संस्थाले बैशाख २३ गते एक सूचना जारी गरी उक्त सभा रद्द भएको जानकारी गराएको हो । यसअघि बैशाख १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आफ्नो छैटौं वार्षिक साधारणसभा जेठ ७ गते काठमाडौंको रानीबन पाटी प्यालेस एण्ड रेष्टुरेण्टमा गर्ने निर्णय गरेको थियो ।

Share News