दमौली खानेपानीलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ । यस सहयोगबाट सोही संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुशणबाट जोगाउन [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।

यस सहयोगबाट सोही संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुशणबाट जोगाउन जस्ता उद्देश्यले हाल व्यास –४ जुडिपानी स्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्ने जानकारी दिएकाे छ ।

मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै आइरहेकाे छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेकाे छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि बैंकले गरेकाे छ ।

Share News