काठमाडौं । डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पु¥याउनको लागि एनआईसी एशिया क्यापिटल र ‘आइएमई पे’बीच सम्झौता भएकाे छ ।
यस सम्झौता अनुसार डीम्याट खाता र मेरो शेयरको नविकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सकिनेछ ।
सम्झाैतापश्चात आइएमई पेसँग भुक्तानी साझेदारले सेवाग्राहीहरूलाई डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले बताए ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत १ सयमा १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।