आफ्नै भवनमा नवजागरण बचत तथा ऋण सहकारी

<p>रामेछाप । रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था आफ्नै भवनबाट सेवा दिने गरी नयाँ निर्मित भवनमा सरेको छ । संस्था आफ्नै लगानीमा बनेकाे अत्याधुनिक सुविधा सम्पन्न भवनबाटै सेवा दिने गरी शनिबार नयाँ भवनमा सरेको हो । १ करोड ८१ लाख ७९ हजार ३९ रुपैयाँको लागतमा बनेको कम्पनीकाे नयाँ भवनको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला [&hellip;]</p>

रामेछाप । रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था आफ्नै भवनबाट सेवा दिने गरी नयाँ निर्मित भवनमा सरेको छ । संस्था आफ्नै लगानीमा बनेकाे अत्याधुनिक सुविधा सम्पन्न भवनबाटै सेवा दिने गरी शनिबार नयाँ भवनमा सरेको हो ।

१ करोड ८१ लाख ७९ हजार ३९ रुपैयाँको लागतमा बनेको कम्पनीकाे नयाँ भवनको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले गरेका थिए ।

सहकारी भवनको उद्घाटन गर्दै मन्त्री ढुंगेलले नेपालको आर्थिक समृद्धीमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै सहकारी बिना देशको अर्थतन्त्र लंगडो हुने बताए ।

मन्त्री ढुंगेलले रामेछाप जिल्लामा नवजागरणले अहिलेको प्रविधियुक्त समयानुसार अत्याधुनिक भवनबाट आफ्ना शेयर सदस्यलाई सेवा दिने गरी भवन बनाएर आर्थिक कारोबार सुरु गर्नु सकरात्मक भएकाले यो अभ्यासले सहकारीको आर्थिक पारदर्शितासँगै सहकारी प्रति शेयर सदस्यहरुको विश्वास बढ्दै जाने बताए । प्रदेश सरकारले सहकारीलाई थप व्यवस्थित बनाउने योजना रहेको पनि मन्त्री ढुंगेलले बताए ।

कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, जिल्ला युवा परिषद्का अध्यक्ष प्रकाश कुमार कार्की, मन्थली माविका प्रधानाध्यापक टंक दाहाल, नवजागरण साकोसका लेखा सुपरिवेक्षक समितिका संयोजक तारानिधि सुवेदी, शेयर सदस्य राजेश श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

२०५५ सालमा स्थापना भएको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले अहिले करिब ५० करोडको हाराहारीमा आर्थिक कारोबार गर्दै आएको छ, भने करिब ८ हजार शेयर सदस्यले सहकारीबाट सेवा लिइरहेका छन्,

संस्था ०६३ सालदेखी साकोसले रामेछाप उद्योग वाणिज्य वाणिज्य संघको भवनमा रहेर सेवा दिदै आइरहेको थियो ।

Share News