देशभरै एनआईसी एशिया क्यापिटलकाे अनलाइन डिम्याट खाता सेवा, आषाढ मसान्तसम्म निशुल्क

<p>काठमाडौं । एनआईसी एशिया क्यापिटलले देशको सम्पूर्ण क्षेत्रबाट अनलाइन मार्फत सहजै रुपमा निःशुल्क डिम्याट खाता खोल्न सकिने सेवा सुरु गरेकाे छ । क्यापिटलले &#8216;एनआईसी एशिया अनलाइन डिम्याट सेवा&#8217; उपत्यका बाहिरबाट समेत संचालन गरेको अवसरमा आषाढ मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सम्पूर्ण ग्राहकहरुलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने व्यवस्था पनि मिलाएकाे छ । अनलाइन मार्फत [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया क्यापिटलले देशको सम्पूर्ण क्षेत्रबाट अनलाइन मार्फत सहजै रुपमा निःशुल्क डिम्याट खाता खोल्न सकिने सेवा सुरु गरेकाे छ ।

क्यापिटलले ‘एनआईसी एशिया अनलाइन डिम्याट सेवा’ उपत्यका बाहिरबाट समेत संचालन गरेको अवसरमा आषाढ मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सम्पूर्ण ग्राहकहरुलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने व्यवस्था पनि मिलाएकाे छ ।

अनलाइन मार्फत डिम्याट खाता खोल्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट वा सोझै यसमा क्लिक गरी विवरण भरी उक्त विवरण सक्सेसफुल सब्मिसन भएको १ घण्टाभित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने कम्पनीले जानकारी दिएकाे छ । उक्त एक घण्टाभित्र सुविधा आइतबारदेखि बिहीबार सम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुनेछ ।

साथै, हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्न स्वयंम व्यक्ति उपस्थित हुनुपर्ने भएको हुँदा अनलाईन मार्फत डिम्याट खाता खोल्ने ग्राहकहरुले खाता सक्सेसफुल सब्मिसन भएको मितिले १५ दिन भित्र एनआईसी एशिया क्यापिटल वा आफुलाई पायक पर्ने कुनैपनि नजिकको एनआईसी एशिया बैंकको शाखा कार्यालयमा संक्कल नागरिकता लिई स्वयंम उपस्थित हुनुपर्ने छ ।

क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Share News