काठमाडौं । कान्तिपुर टेलिभिजनले समाचारमा आफ्नोे लोगो दुरुपयोग गरेको भन्दै गुडविल फाइनान्सले आपत्ति जनाएको छ ।
गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोजकाजि तुलाधारले आफ्नो संस्थाको लोगो कान्तिपुर टेलिभिजनले दुरुपयोग गरेकाे भन्दै आपत्ति जनाएका हुन् ।
उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भनेका छन्,‘ गुडविल बचत तथा सहकारीको समाचार प्रसारण गर्ने क्रममा नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त गुडविल फाईनान्स लिमिटेडको साइन बोर्ड देखाउनु लाई कान्तिपुर जस्तो टेलिभिजनको विश्वसनीयता प्रति प्रश्न उठेको छ, के कान्तिपुर सम्पादकज्यु लाई केही भन्नुछ? सही सूचना दिई गलत सूचना लाई हटाई आफ्नो गरिमा कायम गरोस्, कान्तिपुर टेलिभिजनले ।’
समाचारमा देखाईएको फोटो तथा भिडियोलाई लिएर उनले पत्रकारको बुझाई तथा क्षमतामाथि समेत प्रश्न खडा गरेका हुन् ।
तुलाधर वित्तीय संस्था संघका अध्यक्ष पनि हुन् । उनी हालै सो संस्थाको वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।