काठमाडाैं । सांग्रीला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरुका लागि २ दिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ । बैंकले बैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरेका हो ।
कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जानकारी दिएकाे छ ।
दुईदिने कार्यक्रमको समापनको अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी तथा बैंकको दिगो विकासमा योगदान हुने बताएका थिए । काठमाडौंकोे बालवाटारमा सो कार्यक्रम संचालन गरिएको थियो ।
बैंकले मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएमबाट संस्थागत सुशासन, जोखिम व्यवस्थापन गर्दै सेवा दिँदै आएकाे छ ।