मनीग्राम इन्टरनेसनलकाे इसेवा मनी ट्रान्सफरसँग साझेदारी सुरु

<p>काठमाडौं । मनीग्राम इन्टरनेसनलले इसेवा मनी ट्रान्सफरसँग साझेदारीको घोषणा गरेको छ । यो सम्झौतासँगैं विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । सबै प्रमुख बैंकहरुसहित ६५ भन्दा धेरै बैंकहरुसँग जोडिएको खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सकिन्छ । नेपालमा [&hellip;]</p>

काठमाडौं । मनीग्राम इन्टरनेसनलले इसेवा मनी ट्रान्सफरसँग साझेदारीको घोषणा गरेको छ ।
यो सम्झौतासँगैं विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

सबै प्रमुख बैंकहरुसहित ६५ भन्दा धेरै बैंकहरुसँग जोडिएको खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सकिन्छ ।

नेपालमा रहेका ४२ लाखभन्दा धेरै दर्ता गरिएका इसेवा वालेट प्रयोगकर्ताहरुमाझ आगामी इसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागी विशाल कोसेढुङ्गा हुने कम्पनीकाे दाबी छ ।

विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागी संसारकै उच्च प्राप्तकर्ताहरु मध्ये एक हो र सन् २०१९ मा मात्र ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।

 

Share News