काभ्रे । समता लघुवित्त वित्तीय र घरेलु लघुवित्त वित्तीय संस्थाले एकिकृत वित्तीय कारोबार सुरु गरेकाे छ । वैशाख २ गतेदेखि समता घरेलु लघुवित्त वित्तीयकाे नामबाट दुई संस्थाले एकिकृत वित्तीय कारोबार सुरु गरेकाे हाे ।
सञ्चालक समितिको अध्यक्ष डम्मरमणी थेवे लिम्वुको अध्यक्षतामा, बनेपा नगरपालिकाको नगर प्रमुख लक्ष्मी नरसिङ बडे श्रेष्ठको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य सुर कृष्ण वैद्यको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
दुई संस्था गाभिएसँगैं वित्तीय संस्थाको कूल चुक्ता पूँजी २८ कराेड ५६ लाख २०, हजार १६० रुपैयाँ पुगेकाे छ भने कर्जा लगानी २ अर्ब ५८ कराेड ४५ लाख ४८ हजार ११४ रुपैयाँ भएकाे छ । यस्तै निक्षेप ९१ कराेड ८२ लाख १८ हजार ५२७ र कूल संचालन मूनाफा १० कराेड ७१ लाख ६० हजार ५६९ रुपैयाँ भएकाे छ ।
साथसाथै संस्थाकाे कूल ३७ वटा शाखा कार्यालय कायम भएकाे छ ।