मलेशियाबाट नेपालमा आई पे रेमिटमा पैसा पठाउँदा निशुल्क जिवन बीमा

<p>काठमाडौं । अब मलेशियाको मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट नेपालमा आई पे रेमिटमा पैसा पठाउँदा निशुल्क जिवन बीमा हुने भएको छ । कम्पनीले शुक्रबारदेखि लागु हुने गरी यस्तो योजना ल्याएको हो । कोभिड १९ लाई मध्यनजर गर्दै यस्तो सेवा ल्याएको कम्पनीले जानकारी दिएको छ । यस योजनामा सम्पूर्ण मलेशीयामा रहेका नेपालीहरुलाई समेटिने छ । कम्पनीकाे अनुसार आई [&hellip;]</p>

काठमाडौं । अब मलेशियाको मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट नेपालमा आई पे रेमिटमा पैसा पठाउँदा निशुल्क जिवन बीमा हुने भएको छ ।

कम्पनीले शुक्रबारदेखि लागु हुने गरी यस्तो योजना ल्याएको हो । कोभिड १९ लाई मध्यनजर गर्दै यस्तो सेवा ल्याएको कम्पनीले जानकारी दिएको छ । यस योजनामा सम्पूर्ण मलेशीयामा रहेका नेपालीहरुलाई समेटिने छ ।

कम्पनीकाे अनुसार आई पे रेमिट मार्फत पैसा पठाउँदा निशुल्क १ महिना जिवन बीमा अन्तर्गत जुनसुकै मृत्युमा मलेशियन रिङ्गेट ४०००,  डेंगू लागि मृत्यु भएमा मलेशियन रिङ्गेट ८००० सम्म को भुक्तानी नेपालमा रहेको आफन्त ले प्राप्त गर्नेछन् ।

ग्राहकहरुले पैसा पठाइ सकेपछि प्राप्त भएको रसिद आफुसंग सुरक्षित राख्नुपर्नेछ । अप्रिल ९ बाट सुरु भएको यो योजना ६ महिना सम्म लागु रहने छ ।

Share News