काठमाडाैं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाकाे व्यावसायिक योजना तालिम सम्पन्न भएकाे छ । चैत्र २२–२४ मा नेपालगञ्जको होटल सिद्धार्थ भ्यूमा संस्थाकाे व्यवसायिक तालिम सम्पन्न भएको हाे ।
तालिममा आरएमडीसीको कोहलपुर शाखाको कार्यक्षेत्र भित्र रहेका जिल्लाहरु मध्ये १० जिल्लामा रहेका २२ वटा साझेदार संस्थाहरुका व्यवस्थापक/व्यवस्थापक स्तरका २४ जना सहभागीहरुले भाग लिएका थिए ।
उक्त तालिममा प्रशिक्षकको रुपमा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा रहेका थिए । ३ दिने तालिमको क्रममा पृथ बहादुर थापाले व्यवावसायिक योजनाको परिचय, योजनाको उद्देश्य तथा महत्व, तालिमका अंगहरु, रणनीतिक योजना, कार्यगत योजना तथा वित्तीय योजना तयारी गर्ने बारे छलफल गर्दै वित्तीय योजना तयार गर्ने विधिको बारेमा अभ्यास गराई प्रशिक्षण दिएका थिए ।