काठमाडौं । अजोड इन्स्योरेन्सकाे तीन दिने कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भएकाे छ । इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय उक्त तालिम सम्पन्न भएकाे हाे ।
कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु. प्रवन्धक प्रेम राज पाण्डेले सहभागीहरुलाई तालिम दिएका थिए ।
उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।