काठमाडाैं । ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् । रकम हिनामिना गरेर फरार रहेका श्रेष्ठ चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।
उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेकाे हाे । श्रेष्ठ माथि दुई अर्ब बराबरको ठगीको उजुरीमा परेकाे थियाे ।