काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले देशकाे विभिन्न जिल्लामा एकैचाेटी ९ वटा नयाँ शाखा विस्तार गरेको छ । ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै संस्थाले शाखा विस्तार गरेको हाे ।
नयाँ शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरेका थिए ।
विस्तार भएका शाखा प्रदेश १ को डायनिया (मोरङ), हरिनगर (सुनसरी), खिजी फलांटे (ओखलढुंगा) प्रदेश २ को माधवनारायण (रौतहट), जावख (महोत्तरी) कबिलासी (सर्लाही), दहिपौडी (सिरहा), बिष्णुपुर (सप्तरी) प्रदेश ५ को बैकुण्ठपुर (रुपन्देही) मा रहेका छन् ।
शाखा विसतार समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले संस्थाले लघुवित्त सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरे ।
साथै, संस्थालाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र संस्थाप्रतिको भरोसाले गर्दा देशभर हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको संस्थाले जनाएको छ ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसँगै अब देशभर ६१ जिल्लामा शाखा संख्या १३० पुगेको छ ।