स्वावलम्बन लघुवित्तकाे २० प्रतिशत लाभांश पारित, सञ्चालकमा पाण्डे निर्वाचित

<p>काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभाले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे । संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ३१ करोड [&hellip;]</p>

काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभाले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ३१ करोड ९१ लाख २६ हजार ७ सय ९१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यस्तै साधारण सभाले आ.व. २०७६/७७ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

साधारणसभाले जारी तथा चुक्ता पूँजी ९४ करोड ३० लाख कायम गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा राम प्रसाद पाण्डेलाई निर्विरोध निर्वाचित गरेको छ ।

चालु आ.व.को पौष मसान्तसम्म लघुवित्तले ६१ जिल्लाका १४० शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४६ हजार ९ सय ८६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

सो अवधिमा संस्थाको लगानीमा रहिरहेको कर्जा रकम १६ अर्ब ५५ करोड २५ लाख पुगेको छ भने वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा १० अर्ब १० करोड ५ लाख १७ हजार रुपैयाँ रहेको छ ।

यस संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेकाे छ ।

 

Share News