काठमाडाैं । अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।स
म्झौतासंगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन् ।
साथै निकट भविष्यमा मनिग्राम मार्फत पठाएको नगद विपे्रषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिनेछ र छिटै नै मनिग्राम मार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिने कम्पनीले जनाएकाे छ ।
यस साझेदारीको आधारमा मनिग्राम र इसेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक ,संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, युरोप, बेलायत लगायत २०० भन्दा बढी मुलुकहरुका सेवाग्राहीहरुलाई रकम पठाउन थप सहज हुनेछ ।