काठमाडाैं । नेपालका निर्जीवन बीमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाचौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ ।
सभामा हाल बीमा क्षेत्रका नीतिगत समस्याहरू, नयां बीमा विधेयक, एक्च्युरीको अभाव, कोभिड-१९ लगायतका विभिन्न कारणहरूबाट उत्पन्न जोखिमहरू, पुनर्बिमा कम्पनीहरूको अबस्था, बीमा व्यवसायमा देखिएका विभिन्न कठिनाइहरुको गहिरो छलफल गर्नुका साथै यस क्षेत्रको बिकासको लागि गर्नुपर्ने काम तथा संस्थाले लिनुपर्ने पहलकदमीका बारेमा छलफल गरी सुझावहरु दिइएकाे थियाे ।
सभामा कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्लले संस्थाको प्रगति विवरण, कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले संस्थाको वित्तीय अवस्थाको बारेमा जानकारी गराएका थिए र उक्त विवरणहरु पारित भएका छन् ।