काठमाडौं । बैंकिङ्ग कसूर मुद्दाका फरार दुई प्रतिवादी महेन्द्र नारायण श्रेष्ठ र लाक्पा लामा पक्राउ परेका छन् । श्रेष्ठ ललितपुर र लामा बुढानिलकण्ठबाट लुकिछिपी रहेकाे अवस्थामा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनको २०७७ माघ १० गतेको फैसलाले उक्त मुद्दामा चार दिन कैद र २० लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही श्रेष्ठ फरार हुँदै आएका थिए । यस्तै लामालाई पनि उच्च अदालत पाटनले ४ दिन जेल सजाय र दश लाख ४५ हजार जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही उनी पनि फरार हुँदै आएका थिए ।
उनीहरु दुवैले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।