आइक्याशले पायो राष्ट्र बैंकबाट डिजिटल भुक्तानी प्रदायकको अनुमति

<p>काठमाडौं । आइक्याशलाई नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानीतथा फछ्र्यौट विनियमावली २०७२’ बमोजिम आइक्याशले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । २०७७ साल साउन ६ गते दर्ता भएको कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै [&hellip;]</p>

काठमाडौं । आइक्याशलाई नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमति प्रदान गरेको छ ।

राष्ट्र बैंकको ‘भुक्तानीतथा फछ्र्यौट विनियमावली २०७२’ बमोजिम आइक्याशले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।

२०७७ साल साउन ६ गते दर्ता भएको कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अबको केहि दिनमै आफ्नो सेवा सेवाग्राहीहरुमाझ ल्याउने जानकारी दिएकाे छ ।

२५ वर्षीय युवा चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिनेगरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएकाे छ ।

कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र बिष्टका अनुसार आइक्याशले सञ्चालन गर्ने आइक्याश मोबाइल एप र आइक्याशको वेव प्लेटफर्ममार्फत मोबाईल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ(कमर्स मार्फत किनिएको सामानको भुक्तानी, लगायतका अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

Share News