छिमेक लघुवित्तद्वारा कर्मचारीहरुलाई शाखा व्यवस्थापनको तालिम

<p>काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुलाई धुलिखेलस्थित सारथी होटलमा शाखा व्यवस्थापनको तालिम प्रदान गरेकाे छ । संस्थाले आफ्ना ५ वटा क्षेत्रीय कार्यालयका १३७ वटा शाखाका शाखा प्रबन्धक तथा ६० वटा डिजिटल प्वाईन्टका सुपरभाईजरहरुलाई  चालु आ.व.को बजेट समीक्षा तथा पुनरावलोकन गर्नुको साथै आन्तरिक तथा बाह्य प्रशिक्षकहरु मार्फत  शाखा व्यवस्थापनको ब्यवस्थित तालिम प्रदान गरेकाे हाे । उक्त [&hellip;]</p>

काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुलाई धुलिखेलस्थित सारथी होटलमा
शाखा व्यवस्थापनको तालिम प्रदान गरेकाे छ । संस्थाले आफ्ना ५ वटा क्षेत्रीय कार्यालयका १३७ वटा शाखाका शाखा प्रबन्धक तथा ६० वटा डिजिटल प्वाईन्टका सुपरभाईजरहरुलाई  चालु आ.व.को बजेट समीक्षा तथा पुनरावलोकन गर्नुको साथै आन्तरिक तथा
बाह्य प्रशिक्षकहरु मार्फत  शाखा व्यवस्थापनको ब्यवस्थित तालिम प्रदान गरेकाे हाे ।

उक्त तालिम सबै क्षेत्रका शाखा प्रबन्धकहरुलाई क्रमश रुपमा  फागुन २ गते बाट १४ गतेसम्म दिइने संस्थाले जनाएकाे छ ।

उक्त कार्यक्रममा वित्तीय संस्थाका विभागीय प्रमुखहरु लगायत प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, पूर्व कार्यकारी प्रमुख रामचन्द्र जोशी तथा बाह्य तालिम प्रशिक्षकहरुले तालिम दिएका थिए ।उक्त प्रशिक्षणबाट शाखा प्रबन्धकहरुको क्षमता अभिबृद्धि हुनुको साथै उत्प्रेरित भई आगामी दिनमा शाखाबाट अझ प्रभावकारी ढंगबाट आफ्ना ग्राहक वर्गमा सेवा प्रवाह गर्ने र वित्तीय संस्थाको गुणस्तरीय विकासमा टेवा पुग्नेमा विश्वास गरिएको छ ।

 

Share News