काठमाडाैं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले एक कार्यक्रमका बीच औपचारिक रुपमा सहकारी संस्थाकाे एटिएम बुथको उद्घाटन गरेका हुन् ।
संस्थाका अध्यक्ष भोला नाथ पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि रहेका कँडेलले सहकारी क्षेत्रलाई डिजिटाइजेशनमा जान केहि कानुनहरु परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । सहकारीको आफ्नै प्रविधि प्रचलनमा ल्याउन सहकारी कानुन मात्र पर्याप्त नभएको भन्दै महासंघले त्यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग पहल गरिरहेको उनले जानकारी दिए ।
कुनै समय सहकारीहरुलाई एटिएम सञ्चालन गर्न कुरा गर्दा खर्चिलो हुने भन्दै पछाडि हटेको स्मरण गर्दै कँडेलले भने अहिले ५० भन्दा बढि संस्थाले एटिएम मेशिन राखेर सदस्यलाई सेवा दिइरहेका बताए ।