काठमाडाैं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयमा कार्यरत फिल्ड कर्मचारीहरुलाई २ दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । संस्थाले शुक्रबार र शनिबार फिल्ड कर्मचारिहरुलाई २ दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हाे ।
फिल्ड कर्मचारीहरुलाई विभागीय प्रमुख भगवानी साहले कर्जा व्यवस्थापन, धितो कर्जाको महत्व तथा व्यवसाय अभिवृद्धि सम्बन्धि तालिम, विभागीय प्रमुख तोयानाथ पोखरेलले लेखा व्यवस्थापन, सुचना प्रविधिका बारेमा र प्रमुख कार्यकारि अधिकृत जीवन खनालले कर्मचारी कार्यसम्पादन मुल्याँकन, संस्थामा कर्मचारीको भुमिका, दैनिक कार्यसंचालनका बारेमा साथै दैनिक कार्य गर्दा आईपर्ने कठिनाईहरु, लघुवित्तका आगामि दिनका चुनौतीहरु र सो चुनौतिको समाधानहरु तथा कुशल कर्मचारिले गर्नु पर्ने समय व्यवस्थापनका बारेमा तालिम गरेका थिए ।
लहान, सिराहामा केन्द्रीय कार्यालय रहेको यस वित्तिय संस्थाले स्थापनाको छोटो समयमा १२ वटा शाखा कार्यालयहरु मार्फत ११ हजार २५० विपन्न वर्गका महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा पुराउँदै आएकाे छ ।