पाेखरा । पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था स्थापनाको बाह्रौं वर्ष पुरा गरी शनिबार माघ ३ गतेबाट तेह्रौं वर्षमा प्रवेश गरेको छ । आफ्नो तेह्रौं वार्षिकाेत्सवको अवसरमा संस्थाले शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
संस्थाले शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवनको निर्माण सहयोगार्थ पच्चिस हजार आर्थिक सहयोग प्रदान गरेकाे संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए ।
२०६५ साल माघ ०३ गते देखी कारोबार सञ्चालन गरेको यस सहकारी संस्था जिल्लाकै अग्रणी सहकारीको रुपमा चिनिन्छ ।