खल्ती डिजिटल वालेटबाट २० रिचार्ज गर्दा आइफोन १२ जित्ने माैका

<p>काठमाडौं । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जाेडिने व्यक्तिहरूका लागि “खल्तीमा आइफाेन १२” अभियान मार्फत आइफाेन १२ जित्ने अवसर ल्याएकाे छ । यस अभियान अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले बम्पर उपहारमा आइफाेन १२ जित्न सक्ने छन्। खल्तीले आफ्नो भाईबर स्टिकरको लन्च अन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जाेडिने ग्राहकहरूका लागि यो योजना [&hellip;]</p>

काठमाडौं । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जाेडिने व्यक्तिहरूका लागि “खल्तीमा आइफाेन १२” अभियान मार्फत आइफाेन १२ जित्ने अवसर ल्याएकाे छ । यस अभियान अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले बम्पर उपहारमा आइफाेन १२ जित्न सक्ने छन्।

खल्तीले आफ्नो भाईबर स्टिकरको लन्च अन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जाेडिने ग्राहकहरूका लागि यो योजना ल्याएकाे हाे । उक्त याेजनामा सहभागी हुनेहरूमध्य बम्पर उपहारमा एक जनाले आइफाेन १२ उपहार स्वरुप पाउने छन् भने धेरै जनाले साप्ताहिक, मासिक उपहारहरु पनि जित्न सक्ने कम्पनीले जनाएकाे छ ।

यस याेजनामा सहभागीहुन खल्तीको भाइबर कम्युनिटीमा जाेडिएपछि वेवसाइट Khalti.com वा खल्ती मोबाइलएपको होमस्क्रिन मा रहेकाे खल्ती ‘बजार’ मा गइ “‘खल्तीमा आइफाेन १२” क्याम्पेनमा गएर २० रुपैयाँ भुक्तानी गरी रिचार्ज गर्नपर्ने छ । विजेताकाे घाेषणा याेजना सकिएको ७ दिनपछि फेसबुक लाईभमा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएकाे छ ।

Share News