पोखराकी कल्पनाले वेस्टर्न युनियनको बम्पर लक्की ड्र मार्फत जितिन् १० लाख

<p>काठमाडौं । वेस्टर्न युनियनकाे दशैंको सौगात अन्तर्गत ‘बम्पर लक्की ड्र’काे विजेता घोषणा गरेको छ । उक्त बम्पर लक्की ड्र काे विजेता पाेखराकी कल्पना शाही भएकी छिन् । शाहीलाई सीजी फिन्कोका डीजीएम नरबहादुर केसीले १० लाख हस्तान्तरण गरेका छन् । विजेता शाहीले सो रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरी जीवनभर वेस्टर्न युनियन मनी ट्रान्सफरलाई सम्झिरहने बताइन् । यो योजनामा [&hellip;]</p>

काठमाडौं । वेस्टर्न युनियनकाे दशैंको सौगात अन्तर्गत ‘बम्पर लक्की ड्र’काे विजेता घोषणा गरेको छ । उक्त बम्पर लक्की ड्र काे विजेता पाेखराकी कल्पना शाही भएकी छिन् ।

शाहीलाई सीजी फिन्कोका डीजीएम नरबहादुर केसीले १० लाख हस्तान्तरण गरेका छन् । विजेता शाहीले सो रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरी जीवनभर वेस्टर्न युनियन मनी ट्रान्सफरलाई सम्झिरहने बताइन् ।

यो योजनामा सहभागी हुन नेपालका ग्राहकले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को लि., हुलास रेमिट्यान्स, माया रेमिट प्रालि, नबिल बैंक, डिजिटेक रेमिट्यान्स प्रालि र सूर्य रेमिट प्रालिबाट रकम प्राप्त गरेको हुनुपर्ने शर्त थियो ।

शाहीलाई वेस्टर्न युनियन तथा सीजी फिन्कोअन्तर्गत १० लाख जितेको समाचार सुन्दा शुरुमा  पत्यारै नै नलागेकाे बताइन् । साथीभाइहरूले पनि यो खबर झुटो हुनसक्ने भनी उनलाई सचेत  गराए । दुबईमा रहेका उनका श्रीमान्ले पनि यस्तो महामारीका बेला पनि कसैले पुरस्कार दिन्छ र भन्दै यसलाई नपत्याउन बताए । पछि गएर सीजी फिन्कोबाट फोन आएपछि मात्र बल्ल उनले आफुले १० लाख जितेकाे बल्ल विश्वास गरिन् ।

दुबईमा रहेका श्रीमान्ले दशैं खर्चका लागि कल्पनालाई वेस्टर्न युनियनमार्फत रकम पठाएका थिए । कल्पनाले उक्त रकम पोखराकै सीजी फिन्कोबाट भुक्तानी लिएपछि उनी ‘लक्की ड्र’मा समावेश भएकी थिइन् ।

पोखरामै सानो व्यवसाय सम्हाल्दै १४ वर्षीय छोरासँग जीवन गुजारिरहेकी कल्पनाका श्रीमान् दुबईमा अपरेटरका रूपमा काम गर्छन् ।

 

Share News