अब वैदेशिक रोजगारीमा जानेकाे बीमा र कल्याणकारी कोषको रकम इसेवाबाट भुक्तानी गर्न सकिने

<p>काठमाडौं । वैदेशीक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले बुधबारदेखि लागु हुने गरी यस्तो सेवा सुरु गरेकाे हो । योसँगै वैदेशीक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट र इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् [&hellip;]</p>

काठमाडौं । वैदेशीक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले बुधबारदेखि लागु हुने गरी यस्तो सेवा सुरु गरेकाे हो ।

योसँगै वैदेशीक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट र इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् ।
यस सेवाबाट सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने वैदेशीक रोजगार म्यादी बीमा र
कल्याणकारी कोषको दुवै व्यक्तिगत र संस्थागत रकम भुक्तानी गर्न सकिने इसेवाले जनाएको छ ।

इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशीक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुने कम्पनीले जनाएकाे छ । यसअघि कल्णकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहिआएको थियो ।

 

Share News