वोमी लघुवित्तले घाेषणा गर्याे हालसम्मकै उच्च लाभांश, कर पनि तिर्नु नपर्ने

<p>काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले हालसम्मकै उच्च लाभांश घाेषणा गरेकाे छ । मंसिर १६ गते बसेकाे संस्थाकाे सञ्चालक समितकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको हाे । जुन संस्थाले हालसम्म वितरण गरेकाे लाभांशभन्दा बढी हाे । संस्थाले गत आवको नाफाबाट नगद लाभांश प्रस्ताव नराखी [&hellip;]</p>

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले हालसम्मकै उच्च लाभांश घाेषणा गरेकाे छ । मंसिर १६ गते बसेकाे संस्थाकाे सञ्चालक समितकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको हाे । जुन संस्थाले हालसम्म वितरण गरेकाे लाभांशभन्दा बढी हाे ।

संस्थाले गत आवको नाफाबाट नगद लाभांश प्रस्ताव नराखी बोनस सेयर मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, उक्त बाेनसमा लाग्ने कर समेत तिर्नु नपर्ने संस्थाले जनाएकाे छ ।

वोमी लघुवित्त र नागरिक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई एकीकृत कारोबार समेत आर्थिक वर्ष २०७६/७७ मा शुरुवात गरिसकेको हुँदा आयकर ऐन बमोजिम बोनस सेयरमा लाग्ने कर छुटको सुविधा समेत उपयोग गरिने लघुवित्तले जानकारी गराएको छ ।

लघुवित्तको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

संस्थाले हालसम्म ५ वर्षकाे नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरिसकेकाे छ । संस्थाले अघिल्लो आव २०७५/७६ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद) वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५मा २५ प्रतिशत,  २०७३/७४ मा २१.०५२ प्रतिशत, २०७२/७३ मा २१.१ प्रतिशत र २०७१/७२मा २१.१ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो ।

Share News