काठमाडौं । आइतबारको बजारमा अधिकांश वाणिज्य बैंक तथा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । बैंकहरुको सेयरमा खरीदचाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सो दिन बढी कमाउनेको शीर्ष २० स्थानमा वाणिज्य बैंक र विकास बैंकका लगानीकर्ता मात्रै रहेका छन् ।
जसमध्ये वाणिज्य बैंक तर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको १० प्रतिशत र सेञ्चुरी कमर्शियल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सनराइज बैंकको ९.९२, माछापुच्छ्रे बैंकको ९.९२, मेगा बैंक नेपालको ९.८९, नेपाल बङ्गलादेश बैंकको ९.८९, प्रभु बैंकको ९.८६, कुमारी बैंकको ९.७८, ग्लोबल आईएमई बैंकको ९.७५, लक्ष्मी बैंकको ९.७१, हिमालयन बैंकको ९.६९, सिटिजन्स बैंक इन्टरनेशनलको ९.६६, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको ९.६४ र सिभिल बैंकको सेयर मूल्य ९.६० प्रतिशतले बढेको छ ।
आइतबार यी २० वाणिज्य तथा विकास बैंकका लगानीकर्ताले कमाए ९ प्रतिशत बढीः
त्यस्तै, विकास बैंकहरुको सेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ । सबैभन्दा बढी ग्रीन डेभलमपेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, मुक्तिनाथ विकास बैंकको ९.९०, महालक्ष्मी विकास बैंकको ९.८८, गरिमा विकास बैंकको ९.८५, लुम्बिनी विकास बैंकको ९.४२, ज्याृेति विकास बैंकको ९.३५ र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.१६ प्रतिशतले बढेको छ ।
बजारमा कूल २०० कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये १५० कम्पनीका लगानीकर्ताले अघिल्लो कारोबारको तुलनामा कमाएका छन् भने बाँकीले केही गुमाएका छन् ।
नेप्से परिसूचकमा उच्च वृद्धि भएपनि ५० वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा बिशालबजार कम्पनीका सेयरधनी रहेका छन् । जसको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य एकैदिन ४०० रुपैयाले घटेर प्रतिकित्ता ३ हजार ६ सय रुपैयाँमा झरेको छ ।
सम्बन्धित समाचारः